डोटी – डोटीको बडीकेदार गाउँपालिका ४ का किसानहरूले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा र बेसार खेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको बडीकेदारमा प्रायः सबै किसानले याे खेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा र बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडीकेदार ४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, भारतका व्यापारीले मूल्य घटाउन...