लोप हुँदै पञ्चैबाजा, नयाँ पुस्ताले बजाउनै छाडे

मुसीकोट– गाउँघरमा हुने विभिन्न सुखद जमघटमा अनिवार्यजस्तै मानिएको पञ्चैबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला नियकायले संरक्षणमा जोड नदिँदा पञ्चैबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्को, झ्याम्टा, सनई र ढोलकी यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चैबाजा । विवाह, व्रतबन्ध, पूजाआजा […]

सम्बन्धित सामग्री

धार्मिक र पौष्टिक महत्वको जौँ बाली लोप हुँदै

धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिककार्यहरूमा अनिवार्य ठानिने कृषिउपज जौँ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् । बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौँ खानका लागि पौष्टिक […]

लोप हुँदै लिम्बू समुदायको ‘धान नाच’ नयाँ पुस्ताले महत्व नै बुझेन

विराटनगर : ‘हामी मेलापात, पाहुना जाँदा धान नाचेर रात कटाउथ्यौँ।’ ७२ वर्षीय मेरा बुवाले आफ्नो तन्नेरी उमेरको किस्सा खुब सुनाउँथे। संखुवासभा जिल्लाको चैनपुरमा जन्नेमका बा मिश्रित समुदायमा हुर्के।राई, आर्र्य समुदाय, नेवार समुदायको बीचमा बाल्यकाल बितेकाले पनि होला आफ्नो भाषा लिम्बू भाषा बोल्न सक्दैनन्। तर, धान नाच अर्थात लिम्बू संस्कृतिसँग जोडिएको मौलिक नाचमा भने बढो चाख लाग्ने गरेको अनुभव सुनाउने गर्देथे। वारिपारिको गाँउमा (चैनपुरको केही स्थानमा लिम्बू समुदायको बाहुल्यता छ) पाहुना जाँदा

लोप हुँदै धर्मशाला

पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् ।

श्यामा कपडा लोप हुँदै

सिन्धुपाल्चोक– तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक वेशभूषा श्यामा कपडा यो समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नै जीवन चलाएका वृद्धा महिलाहरूको परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गरेपछि भने यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ । हातले बुनिएको श्यामा कपडा हिजोआज मुस्किलले मात्र पाइन्छ । सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका-४ […]

सल्यानमा लोप हुँदै परम्परागत गहना

सल्यान : सल्यानका पहाडी क्षेत्रमा परम्परागत गरगहना लोप हुँदै जान थालेका छन्।महिलाले नाकमा लगाउने बुलाकी, निधारमा लगाउने टिकी, घाँटीमा लगाउने ढुङ्ग्री, चापकी, कम्पनी माला, चवानी माला, ठुमराई माला लगायतका परम्परागत गहना लोप हुने अवस्थामा पुगेका छन्।पुरानो पुस्ताले लगाउने परम्परागत शैलीका गरगहना आधुनिक गहनाको प्रचलनसँगै लोप हुने अवस्थामा पुगेका छन्।पुराना गरगहना पाउनै छोडेका कारण लोप हुने अवस्थामा पुगेको बुढापाकाहरुको भनाई छ।नयाँ पुस्ताले आधुनिक डिजाइनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्था

लोपहुँदै मगर समुदायको खाम भाषा: पहरामा भेटियो लिपि, पहिचान हुन सकेन

–ध्रुबसागर शर्मा मगर समुदायको बाक्लो बसोबास भएको जिल्लामा पनि खाम भाषा लोप हुँदै गएको छ । खाम भाषाको संरक्षणको अभाव तथा पछिल्लो समयमा मगर समुदायका युवा पुस्ताले परम्परागत खाम भाषा कम बोल्ने गरेका कारण यो भाषा त्रमशः लोप हुँदै गएको हो । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वत जिल्लामा मगर समुदायको बाक्लो उपस्थिति रहेको छ […]

ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बु समुदायको चासो

तेह्रथुम– संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्‍याउनु र पछिल्लो पुस्ताले पनि चासो नदिनुले यी र यस्ता सम्पदाहरू लोप हुँदै गएका हुन् । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू लोप भइरहेको बेला तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) […]

बागलुङको लोकप्रिय सोरठी नाच लोप हुँदै

बागलुङ । बागलुङको लोकप्रिय सोरठी नाच पछिल्लो समय लोप हुँदै गएको छ । पश्चिम बागलुङको गलकोट, बडिगाड, निसीखोला क्षेत्रमा बढी प्रचलित यो नाच विशेष गरी तिहारमा नाच्ने चलन रहेकोमा अहिले ओझेलमा पर्दै गएको छ । नयाँ पुस्ताले चासो नदिँदा नाच लोप हुने अवस्थामा पुगको हो । पाँच/छ वर्ष अघिसम्म बागलुङका हरेक गाउँमा तिहार सुरु हुनासाथ […]

लोप हुँदै ‘चदारो’ व्यवसाय

‘चदारो’सम्बन्धी सिप भएका बुढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको ‘चदारो’ व्यवसाय हराउने अवस्थामा पुगेको हो । सिप भएका पुर्खाको अन्त्यसँगै ‘चदारो’ व्यवसाय लोप हुने खतरा देखिएको छ । हिजोआज ‘चदारो’को उद...

सुदूरपशिचम प्रदेशमा पाइने पुराना सुनका गहना लोप हुँदै

अमरगढी : सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन्। नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन्।बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले डडेल्धुरालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन्। पुराना सुनका गरगहना बनाउने कामदारको अभाव र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थाले