लोपहुँदै मगर समुदायको खाम भाषा: पहरामा भेटियो लिपि, पहिचान हुन सकेन

–ध्रुबसागर शर्मा मगर समुदायको बाक्लो बसोबास भएको जिल्लामा पनि खाम भाषा लोप हुँदै गएको छ । खाम भाषाको संरक्षणको अभाव तथा पछिल्लो समयमा मगर समुदायका युवा पुस्ताले परम्परागत खाम भाषा कम बोल्ने गरेका कारण यो भाषा त्रमशः लोप हुँदै गएको हो । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वत जिल्लामा मगर समुदायको बाक्लो उपस्थिति रहेको छ […]