सल्यान : सल्यानका पहाडी क्षेत्रमा परम्परागत गरगहना लोप हुँदै जान थालेका छन्।महिलाले नाकमा लगाउने बुलाकी, निधारमा लगाउने टिकी, घाँटीमा लगाउने ढुङ्ग्री, चापकी, कम्पनी माला, चवानी माला, ठुमराई माला लगायतका परम्परागत गहना लोप हुने अवस्थामा पुगेका छन्।पुरानो पुस्ताले लगाउने परम्परागत शैलीका गरगहना आधुनिक गहनाको प्रचलनसँगै लोप हुने अवस्थामा पुगेका छन्।पुराना गरगहना पाउनै छोडेका कारण लोप हुने अवस्थामा पुगेको बुढापाकाहरुको भनाई छ।नयाँ पुस्ताले आधुनिक डिजाइनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्था