अर्को चरणको आन्दोलन गर्ने कांग्रेसको घोषणा, भातृसंगठन र शुभेच्छुक संस्था परिचालन गरिने

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले अर्को चरणको आन्दोलन घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । केन्द्रीय समिति सदस्य रामकृष्ण यादवले माघ १९ गते भातृसंस्थाहरूको देशव्यापी विरोध कार्यक्रम, २४ गते शुभेच्छुक संगठनहरूको देशव्यापी आन्दोलन र ३० गते ७७ वटै जिल्लाका पार्टी कार्यालयले व्यवस्थापन गर्ने गरी सबै जिल्लामा आन्दोलनको घोषणा गरेको बताए । आजैको बैठकले सदस्यता समायोजनसम्बन्धी विवाद समाधानका निम्ति कांग्रेसको निर्वाचन आयोगमै फिर्ता गर्ने...