सातवटै प्रदेशमध्ये भूगोलका विषयमा सकस परेको प्रदेश थियो लुम्बिनी । अन्य प्रदेशमा नामाङ्कनका विषयमा समेत सकस परे पनि लुम्बिनी प्रदेशमा भने भूगोलका विषयमा बढी सकस देखियो । प्रदेश सभा स्थापनाको दुई वर्ष आठ महिना दुई दिनपछि अर्थात् २०७७ असाज २० गते दाङ जिल्लाको राप्ती गाउँपालिका र गढवा गाउँपालिका वडानम्बर १, २ र ३ अर्घाखाँची जिल्लाको शीतगङ्गा गाउँपालिकालाई तोकेर प्रदेशको मुकाम पारित भयो ।