लुम्बिनी प्रदेश: राजधानी सार्ने अन्तिम तयारी

आगामी २२ गते सम्म निर्वाचन आचारसंहिता कायम रहने र आचारसंहिता सकिएलगत्तै अस्थायी मुकामबाट स्थायी थलोमा राजधानी सार्ने तयारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।...

सम्बन्धित सामग्री

दाङ देउखुरीमा सबै मन्त्रालय स्थापना, २१ पुसभित्रै शपथ ग्रहणको तयारी

१० पुस, दाङ । लुम्बिनी प्रदेश सरकार स्थायी राजधानी दाङ स्थानान्तरणको काम धमाधम भइरहेको छ । प्रदेश सरकार नै स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्ने गरी अहिले मन्त्रालय स्थापनादेखि संसद भवन सिंगारपटारको काम चलिरहेको छ । गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल्याउने काम भइरहेको छ । अहिले […]

सदन सञ्चालनकाे पर्खाइमा लुम्बिनी प्रदेश सभा भवन

दाङ – लुम्बिनी प्रदेश सभा भवनः सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ।

भाडाका भवन खोज्दै लुम्बिनी प्रदेशका दुई मन्त्रालय

लुम्बिनी प्रदेश प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुववाङ)मा दुई मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ। कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ।दाङ राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार कृषि मन्त्रालयका लागि वडा नम्बर २ मा र शिक्षा मन्त्रालयका लागि वडा नं. ८ मा भवन तयारी अवस्थामा राखिएको छ। बिहीबार मन्त्रालयका सचिवहरू आएर त्यो भवन हेरिसकेको उनले बताए। राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई

लुम्बिनीकाे राजधानी देउखुरीबाट प्रशासनिक सेवा सञ्चालनकाे तयारी

दाङ – लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङकाे देउखुरीबाट प्रशासनिक सेवा सञ्चालनको तयारी गरेको छ । भोलि बुधवार एक कार्यक्रम आयोजना गरी प्रशासनिक कामकाे सुरुवात गर्ने तयारी छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य मन्त्रालयको कामकाज राजधानी क्षेत्रबाट सुरु गर्ने योजना बनाएको छ । जसअन्तर्गत दाङकाे राप्ती गाउँपालिका मसुरियामा प्रशासनिक केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो । लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरी बनाइएको छ । प्रदेश सरकारले स्थायी राजधानी कार्यान्वयन...

लुम्बिनी प्रदेश राजधानीको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। दाङको राप्ती गाउँपालिकामा सुरक्षा समितिको बैठकमालाई सम्वोधन गर्दै उनले राजधानीको सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नकासबै सुरक्षा निकायले निर्देशन दिएका हुन्। राजधानी क्षेत्रमा सिसीसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्थापन, मन्त्रालयको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ। आन्तरिक मामिला, […]

प्रदेश राजधानी सार्नु अघि स्थायी पूर्वाधार निर्माण पूरा गर : कांग्रेस रुपन्देही

१८ मंसिर,बुटवल । नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो । कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ […]

लुम्बिनीको राजधानी दाङ सारिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागेको र यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको […]

लुम्बिनी प्रदेश : मंसिरभित्र सबै मन्त्रालय राजधानीमा सारिने

लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेकाले निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरु राजधानीमा लैजाने तयारी सरकारले गरिरहेको बताए ।&n

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा मनाउँदै

३ फागुन, दाङ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश सरकारको स्थापना दिवस मनाउँदै छ । राजधानी दाङमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश राजधानीका धेरैजसो काम प्रदेश मुकाम बुटवलबाट सञ्चालन भइरहे पनि स्थापना दिवस भने दाङको देउखुरीमा मनाउने तयारी गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले स्थापना […]

लुम्बिनी प्रदेशमा स्थायी राजधानीबाट काम गर्ने गरी तयारी तीव्र

दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी निर्णय भएको एक वर्षभित्र सबै मन्त्रालयको काम स्थायी राजधानीबाट गर्ने गरी काम तीव्र  पारेको छ । देउखुरीको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई प्रयोग गरेर अहिले प्रदेश मन्त्रालयहरुकाे स्थानान्तरणको काम थालिएको छ ।  स्थायी राजधानी घोषणा भएको दश महिना पुग्न थालेको छ । गएको असोज २० गते प्रदेश सभाको बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले स्थायी राजधानीको कार्यान्वयन दुई प्...