कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी सुरु भएपछि दैनिक काम गर्ने मजदुरको सङ्ख्या ५३ प्रतिशत घट्यो । बन्दाबन्दी सुरु भएपछि कोरोना भाइरसको त्रासले स्थानीय मजदुरहरू घर फर्किए । जसले गर्दा लक्ष्यअनुसारको दैनिक काम प्रभावित भएको छ ।