रोकिएको छैन विरोधी स्वर

उद्घाटनको दिनदेखि टोकियो ओलम्पिक स्टेडियममा कोयमाको आवतजावत रोकिएको छैन। फरक यत्ति छ कि, उद्घाटनकै दिन विरोधमा उत्रनेको संख्या सयौंबाट दर्जनमा झरेको छ तर विरोध प्रदर्शन रोकिएको छैन।...

सम्बन्धित सामग्री

श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै, सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । प्रदर्शनकारीका गतिविधि बढ्दै गएसँगै सरकारले कर्फ्यू आदेश जारी गरेपनि सो क्रम रोकिएको छैन् । राष्ट्रपति गोताबाया राजपाक्षेले गत महिना विरोध प्रदर्शन हुन थालेसँगै शान्ति व्यवस्था कायम गर्ने प्रतिवद्धता जनाएका थिए। चर्को मल्यवृद्धिसँगै आर्थिक संकट आएसँगै आम सर्वसाधारणले सरकार विरोधी आन्दोलनलाई […]

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।  इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन । सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दश

गौरीशंकर संरक्षणको पत्रले विद्युत् क्षेत्रमा नयाँ तरंग, ६३ आयोजना प्रभावित हुने

माघ २४, काठमाडौं । गौरीशंकर संरक्षित क्षेत्र आयोजना (जीक्याप) को पत्रले उक्त क्षेत्रमा निर्माणाधीन ३ ओटा जलविद्युत् आयोजनाको काम रोकिएको छ । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाकै अङ्ग २० मेगावाटको रोलवालिङ खोलासहित उक्त क्षेत्रमा निर्माणाधीन १६० मेगावाटको लाप्चे खोला र २१ मेगावाटको न्युसम खोला विद्युत् आयोजनाको काम रोक्न जीक्यापले पत्राचार गरिसकेको छ ।  तामाकोशीलाई हिउँदमा थप दुई घण्टा  पीकीङ गर्नको लागि रोलवालिङ आयोजना सम्पन्न हुनैपर्छ । तर आयोजनाको अडीट टेस्ट टनेल निर्माणको काम भरखरै शुरु गरेको अवस्थामा जीक्यापले पत्राचारले काम रोकिएको माथिल्लो तामाकोशी आयोजनाका प्रशासन प्रमुख मित्रमणी पोखरेलले आर्थिक अभियानलाई बताए । संरक्षण क्षेत्र आयोजनाले उसको अनुमति नलिइ विद्युतीकरण, प्रशारणलाइन लगायतका कुनै पनि निर्माण कार्य अगाडी नबढाउन निर्देशन दिएको छ । विद्युत् आयोजनाको काम भनेको २४ सै घण्टा चालू हुने काम भएकाले हरेक पटक यता उता गर्दा जीक्यापबाट अनुमति लिन सम्भव नहुने माथिल्लो तामाकोशीका उप-प्रबन्धक विमल गुरुङले बताए । तीन विद्युत् आयोजनाको काम रोकिदा हजारौ कामदार काम बिहिन भएका छन् । यसले आयोजनाको लागतमै प्रभाव पार्ने गुरुङको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट (ईआईए) स्वीकृत गराएर काम अघि बढाउँदा पनि काम रोक्न पत्राचार गरिएकोमा आयोजनाका प्रवर्द्धकहरु निराश भएका छन् । नासा हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको लाप्चेखोला आयोजनाले पहुँचमार्गको निर्माण नगर्दै हेलिकोप्टरमार्फत स्काभेटर र निर्माण उपकरणहरु लगेर आयोजनाको काम शुरु गरेको थियो । ८० मिटर सुरुङ खनेपछि जीक्यापले काम रोक्न पत्राचार गरेको लाप्चे खोलाको प्रवर्द्धक नासा हाइड्रोपावर कम्पनीले जानकारी दिएको छ । संरक्षण क्षेत्र आयोजनाले आफ्नो क्षेत्राधिकार भित्र भएका भौतिक निर्माणका काममा चासो राख्नु स्वभाविकै भएपनि आयोजनासँग कुनै छलफलनै नगरी एकै पटक काम रोक्न पत्राचार गर्नु निकै दुःखद भएको आयोजना स्रोतले बताएको छ । 'भरखरै सुरुङ खन्न शुरु गरेको अवस्थामा काम रोक्न निर्देशन दिएपछि पहिलो गासमै ढुंगा लागे जस्तो भएको छ ।' उनले भने । आयोजनाको कामको लागि स्काभेटर लगेर राख्दा ६ महीना सम्म अनुमति नपाएपछि उक्त निर्माण उपकरणहरु गाउँपालिकाको समन्वयमा गाउँपालिकाले बाटो खन्न प्रयोग भइरहेको छ ।  गाउँपालिकाले करिब ५ किलवमिटर बाटो खनिसकेपछि जीक्यापले उक्त कार्य पनि रोक्न निर्देशन दिएको बिगु गाउँपालिकाका अध्यक्ष युधिस्ठिर खड्काले बताए । गाउँपालिकाको ८ मध्ये ७ ओटा वडा संरक्षित क्षेत्रमै पर्ने र संरक्षित क्षेत्रका सबै नियम मान्दा गाउँको विकास कहिलेइ नहुने खड्काको दुखेसो छ । सानो विषयलाई राजनीतिकरण गरियो- जीक्याप निर्माणाधिन आयोजनालाई ईआईए/आईइई के गरेको छ त्यो संरक्षित क्षेत्रलाई जानकारी देउ भनेर पत्राचार गर्दा यसलाई राजनीतिकरण गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख डा. मधु क्षेत्रीले बताए । 'विद्युत आयोजनाले ईआईए नगरेरै धमाधम काम गरिरहेका छन् भनेर गुनासो आएपछि हामिले पत्राचार गरेका हौ।' क्षेत्रीले भने, उहाँहरुले ईआईए गरेरै काम गरिरहेको भए कागजपत्र देखाउन के अफ्ठेरो भयो र ? संक्षित क्षेत्र भित्र वातावरणमा प्रतिकुल प्रभाव पार्ने गरि काम भएको देखेर पनि नदेखेझै गर्दा भोली आफूले जवाफ दिनुपर्ने हुँदा आयोजनालाई पत्राचार गरेको उनको भनाई छ । अनुमति लिएको कुरा कार्यालयमा जानकारी नभएकाले पत्राचार गर्दा यसलाई 'इगो'का रुपमा लिइएको उनको आरोप छ । यो राजनीतिकरण गर्नुपर्ने विषय नभएको र अनुमति लिएको कुरा कार्यालयलाई जानकारी गराएपछि सबै कुरा मिलिहाल्ने उनको भनाई छ ।  'अनुमति नलिएरै काम गर्ने हो भने पनि मन्त्रीपरिषदबाट निर्णय गराएर आउन सकिन्छ ।' उनले अगाडी भने, 'मलाई यी आयोजनालाई काम गर्न नरोक्नु भन्ने निर्देशन आउनासाथ एक मिनेट पनि काम रोक्दैन ।' विकास आयोजनाको महत्व आफूलाई पनि थाहा भएको भन्दै क्षेत्रीले भने, 'मलाई विकास विरोधी जस्तो बनाउन खोजियो, मैले त  नियम कानून अनुसार अघि बढौ मात्रै भनेको हो ।' 'ईआईए नभइ वनले पनि काम गर्न दिदैन । हाम्रो त यो अन्तर्राष्ट्रिय रुपमै स्विकारिएको संरक्षित क्षेत्र हो ।' क्षेत्रीले अगाडी भने, 'यहाँ जथाभावी काम गर्न पाइन्छ त?' आफू एउटा कर्मचारी मात्रै भएकोले नियम कानून बनाउने निकायले नै यहाँ यो काम गर्न दिनु भनेर निर्देशन दिने वित्तीकै काम शुरु हुने उनले बताए । गौरीशंकर संरक्षण क्षेत्रभित्र ६३ ओटा जलविद्युत आयोजना पाइपलाइनमा रहेका छन् । अहिले निर्माणको चरणमा गएका आयोजनालाई काम रोक्न पत्राचार गरिएको हो । अरु आयोजनाले भोलिका दिनमा काम शुरु गर्नु अघिनै जीक्यापसँग अनुमति लिनुपर्ने क्षेत्रीको भनाई छ ।

महामारी नियन्त्रणमा असफल भएपछि बाइडेनले हामीलाई बलिको बोको बनाए : फेसबुक

अमेरिकी राष्ट्रपति जो बाइडेन र फेसबुकबीचको वाकयुद्ध रोकिएको छैन । फेसबुकका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा एनबिसी न्युजका रिपोर्टर डायला बायर्सलाई शुक्रबार भनेका छन्,‘महामारी नियन्त्रणमा बाइडेन प्रशासन असफल भएपछि हामीलाई बलीको बोको बनाउने काम गरिएको छ ।’यसअघि फेसबुकले भ्याक्सिन विरोधी पोस्टहरु नरोकेको भन्दै बाइडेनले रुस पोखेका थिए । ‘हाम्रोमा खोप लगाएका व्यक्तिमाझ मात्रै महामारी छ, र, तिनीहरु (सामाजिक सञ्जाल) ले मानिसलाई मारिरहेका छ,’ उनले भनेका थिए ।  त्यसअघि न