नेम्बाङले देउवालाई भने 'बजेट बनाउँदा को को मान्छे मन्त्रालय छिरे, फुटेज हेरौ'

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव एका छन्  ।  पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भएपनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई दवाव दिएका हुन् । संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एक जना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनाधिकृत मान्छे अर्थमन्त्री शर्माले सामेल गराएको हो, होईन ? यथार्थ कुरा बाहिर आउने पनि स्पष्ट पारे  । प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले होईन भनेपछि छानवीन नगर्ने कुराले संसदलाई कमजोर बनाउने  उपनेता नेम्वाङको भनाई थियो । उनले भने, ‘संसदले बनाउने कानुन संसदबाटै बनाउनु पर्छ । संसदबाट ऐन बनाउँदा समय लाग्न भनेर हामी नियमावली बनाउन गयौं भने त्यसले पार्लिमेन्टलाई बलियो होइन कमजोर बनाउँछ । अहिले भर्खरै पनि मलाई सम्झना छ, संसदमा पनि पटकपटक प्रश्न उठेको छ । बजेट बनाउने बेलामा अनधिकृत मान्छे भन्ने प्रश्न उठ्यो संसदमा । अर्थमन्त्रीजीले होइन भन्नु भयो । अव हो कि होईन ? म अहिले केही भन्दिन । तर मेरो के आग्रह हो त भन्दा सांसदहरुले उठाए यो अनधिकृत मान्छे प्रवेश गराए भनेर । अर्थमन्त्रीजीले होइन भन्नु भयो । म यसै भन्दिन तर यस्तो अवस्थामा यसलाई यसै गरेर छोडन हुन्न । सजिलो छ । मेरो सुझाव पनि थियो । म यहाँ पनि दोहो¥याउँछु । प्रधानमन्त्रीजीले एक जना प्रमुख प्रतिपक्षको प्रतिनिधि राख्नुस । तीन जनाले बालुवाटारमै बसेर वा प्रधानमन्त्री कार्यालयमा बसेर अर्थ मन्त्रालयको फेटज हेर्दिनोस्न २४ घण्टाको । त्यो फुटेज हेर्दिनोस् । त्यो हेरेर तपाईहरुले भनेजस्तो त देखिएन भनिदिनुस् । त्यहीँ मान्छौं हामी । होईन देखियो भने यस्त देखियो नि भनेर भन्नुस । यसमा यो वा त्यो छैन । मैले आग्रह गर्न खोजेको कुरा के हो भने संसदमा यो प्रश्न उठेपछि त्यो प्रश्नलाई त्यत्तिकै छोडियो यो ढंगले भने त्यसमा हामी किन मौन छौं, किन ? यो कुरा तर्फ मैले ध्यानाकर्षण गरेँ । अन्त अहिले सारै ठूलो प्रसंग उठेको एसपीपी छ ।’उपनेता नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानवीन गरेर तथ्य बाहिर ल्याउन ढिलाई गर्न नहुने पनि पटकपटक दोहो¥याए  ।

सम्बन्धित सामग्री

राजस्व कार्यालयको सहायता कक्षले सेवाग्राहीलाई सहज

दाङ : शान्तिनगर गाउँपालिका ३ खड्ग  रिजाल आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कर बुझाउन आएका थिए। विगतका वर्षहरुमा कर बुझाउनको लागि कागजपत्र बनाउन उनले २-४ सय खर्च हुने गर्दथ्यो। तर, उनले अहिले ५० रुपैयाँ तिरेर सबै काम कागजपत्र बनाएको बताए।उनले भने, ‘पहिला कार्यालय बाहिर यी कागजपत्र बनाउँदा मान्छे हेरेर पैसा लग्ने गर्दथे। तर, अहिले ५० रुपैयाँमा कार्यालयको गेटनजिकै रहेको हेल्प डेक्सबाट सेवा पाइँदोरहेछ। पहिला १० रुपैयाँको टिकटलाई १५ रुपैयाँ दिनु पर्दथ्यो। अहिले जति मूल्य छ। त्यसैमा प

ऊर्जा क्षेत्रमा लगानी गर्ने वातावरण खुला गर्नुपर्छ

हाम्रो नेपालमा जब आवश्यकता पर्यो तब डकुमेन्ट बनाउने चलन धेरै छ। देशको ऊर्जा क्षेत्रमा पनि यस्तै समस्या छन्। यसको अध्ययन र अनुसन्धानसँगै कार्यान्वयनका लागि १५ देखि २० वर्षको समय अन्तर राखेर अगाडि बढ्नुपर्छ। व्यवस्थापक मात्र होइन नेतृत्व भिजनरी हुनुपर्छ। ‘फास्ट ट्याक’ बनाउँदा नेपालमा विरोध नगर्ने मान्छे थिएनन्। त्यो बेला गरेको भए १ खर्ब १८ अर्बमा […]

‘स्थानीय तहमा बजेट बनाउँदा शिक्षाकै मान्छे राख्दैनन्’

संघीयताले एउटा यस्तो प्रवृत्ति ल्यायो । जोसँग जुन पावर छ, त्यो आफूसँग नै राख्ने प्रवृत्ति हावी रह्यो । जसले गर्दा सरकारमा मात्र हैन, त्यो एउटा हाम्रो प्रवृत्ति नै रहेछ । किनभने जुन पावर भएको ठाउँमा बस्ने मान्छेले त्यो पावरलाई प्रयोग गर्न नै चाहँदैन । यो मेयरको भूमिकामा कुन पृष्ठभूमिको मेयर हुनुहुन्छ, त्यसमा भर पर्दो रहेछ […]

घमण्डी नेताकै कारण हाम्रो देश नबनेको हो : मन्त्री चौधरी

काठमाडौं :  नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन्।सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे। मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए।उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारीको खाडल भर्न अब लाग्ने बेला भएको बताए।उनले भन

बाहिरका मान्छे राखेर बजेट दुनियाँमा बनाइँदैन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट बनाउँदा बाहिरको मान्छे राख्ने कल्पना कहीँ नहुने बताएका छन् । बिहीबार काठमाडौंमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले सरकारले बजेट बनाउँदा व्यापारीसँगको ‘सेटिङ’मा कमिसन खाएर करको दर बढाइएको आरोप लगाए । उनले बजेट बनाउँदा बजेट बनाउने अधिकारीबाहेक...

अर्थमन्त्रीमाथि ओलीको आरोप : व्यापारीसँग कमिसन खाएर करका दर तोके

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग कमिसन खाएर करको दर तोकेको आरोप लगाएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले भने, ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन। बाहिरका अनाधिकृत मान्छे राखेर बनाइन्छ। दुनियाँमा कहीँ कल्पना गरिँदैन। बजेट अर्थमन्त्री, अर्थ सचिव राजस्व सचिव आदिले तयार गर्छन्। तर, यहाँ अरू मान्छे ल्याएर करका दल सेटिङ मिलाएर तोकिन्छ।’  अध्यक्ष ओलीले  व्यापारीसँग कमिसन खाएर करका

के बर्खामा घर बनाउँदा संरचना कमजोर हुन्छ ?

‘बर्खामा धान रोप्न पानीको भर पर्नु पर्थ्यो । सबै मान्छे खेतीमै व्यस्त हुन्थे । पहिलेको परम्परा जान–अन्जानमा अहिलेसम्म चलेको हो । बर्खामा घर नबनाउने भन्ने हुँदैन,’ उनले भने । बर्खामा घर बनाउँदा झन् बलियो हुने गैरे बताउँछन्

मलेसिया गएका दात एक वर्षदेखि सम्पर्कविहीन, खोजविनका लागि प्रशासनसँग गुहार

रुकुम पूर्व : वैदेशिक रोजगारीका लागि मलेसिया गएका पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन छन्। धन कमानउन गएका घरका मुख्य मान्छे नै सम्पर्कविहीन हुँदा परिवारको विचल्ली भएको छ। दात दुईअघि मलेसिया गएका थिए। उनकी श्रीमती प्रेमकुमारीका अनुसार ४० वर्षीय दात यसअघि तीन वर्ष विदेशमा बसेर फर्किनुभएका थिए। ‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो,’ प्रेमकुमारीले भनिन्, ‘घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन फेरि मलेसिया जा

आफूलाई जोकर भन्नेहरुलाई प्रधानमन्त्रीको जवाफ : जनता खुशी बनाउँदा किन जोकर भन्ने?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मान्छे हसाउँने जोकर भन्दै नेताहरुले दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्रीले आफूले राम्रो काम गरेर जनतालाई खुशी पार्दा किन जोकर भन्ने? भन्दै प्रश्न गरे। 'केपी ओलीले मान्छे हसाउँछ। हँसाएर हिँड्छ। के म मान्छे मार्दै, विधवा बनाउँदै हिडौं?,' ओलीले प्रश्न गरेका…