जनता समाजवादी पार्टी नेपाल (जसपा) शासकीय स्वरुपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिवद्धतासहित चुनावमा जाने भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारेको प्रतिवद्धता पत्रमा जसपाले भनेको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरुप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने तथा प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरुमा त्यहाँका कार्यकारी प्रमुख पनि ब