२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने विषय उठेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पदाधिकारीले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा राखेका हुन् । बैठकमा महामन्त्री धवलशमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री कुन्तीकुमारी शाहीलगायतले पदाधिकारीले चुनाव लड्नुपर्ने धारणा राखेका एक नेताले बताए […]