काठमाडौं : डा गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।विभिन्न ७ बुँदे माग राखेर धनगढीमा अनशन शुरु गरेको १० औं दिनमा डा. केसी आफ्नै खर्चमा आज दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले थाहाखबरलाई जानकारी दिए। अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए