काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउनु भएकाे हाे ।
उहाँका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डा. केसीको दिसामा रगत देख...