प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.जयेन्द्र बज्राचार्यले जानकारी दिए ।‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।’ अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । 

सम्बन्धित सामग्री

काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं : काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको छ।कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत काँग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको हो। सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'प्रदीप गिरी विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल आउनुभयो। नेपाल आउनासाथ निमोनिया देखिएकाले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पता

प्रदीप गिरी मुम्बईको अस्पतालमा भर्ना, भेट्न गए विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित सार जाँ अस्पतालमा भर्ना भएका छन् । घाँटीको समस्या भएर अस्पताल भर्ना भएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् । बिहीबार बिहान काठमाडौंबाट हवाईजहाजमा जनकपुर गएका निधि त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा जानेछन् । त्यसपछि पुनः...