नेपाल प्रहरीको आईजीपी नियुक्ति र एआईजीको बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल अदालतमा रिट दायर गरेका थिए भने एआईजीको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । एआईजीको बढुवाविरुद्धको रिटमा अदालतले प्रहरी प्रधा