नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् । सिंहले आज दर्ज्यानी चि