पोखरा – पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुने धावकको संख्या निर्धारण गरिएको छ। १८ औं संस्करणको म्याराथनमा तोकिएको संख्याभन्दा बढी धावक दौडन पाउने छैनन्। नेपाल भुतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा नेपाली सिटी म्याराथनको इतिहासमा पहिलो पटक कोटा निर्धारण गरिएको दाबी छ। अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार संसारभरका ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै कोटा निर्धारण गरिएको हो। […]