केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित

 सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित यस्ता वस्तुको आयात खुलाउने सूचना गत चैत ९ गते राजपत्रमा निकालेको थियो । कोटा वितरणमा भेदभाव र आर्थिक चलखेल भएको आरोप लागेपछि कोटा वितरण विवादित बन्दै आएको थियो ।कोटा वितरण स्थगनका बारेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रक

सम्बन्धित सामग्री

मरिच, सुपारी र केराउ आयातमा नगद मार्जिन हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थालाई एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । अब उद्योगले कच्चा पदार्थको रूपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागु हुने छैन […]

सुपारी, मरिच र केराउ आयातमा नगद मार्जिन हट्यो

२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । अब उद्योगले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागू […]

सुपारी आयातको परिमाणमा सीमा

सरकारले एक पटकमा दुई सय टनमात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यी वस्तुको आयात परिमाणमा सीमा तोकेको हो ।मन्त्रिपरिषद्बाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयात इजाजत दिनेगरी […]

सुपारी आयतको परिमाणमा सीमा

काठमाडौं । सरकारले एक पटकमा २ सय टनमात्रै सुपारी ,केराउ,मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यी बस्तुको आयात परिणामा सीमा तोकेको हो । मन्त्रिपरिषदबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयात […]

औद्योगिक प्रयोजनका लागि एकपटकमा २०० मेट्रिकटन मात्रै सुपारी आयात अनुमति

३ चैत, काठमाडौं । सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ । मन्त्रिपरिषबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिजय विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । केही दिन अघि […]

सुपारी र मरिच आयात रोक्न संसदीय समिति र प्रधानमन्त्री कार्यालयमा उजुरी

३० फागुन, काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी, केराउ, छोकडा, मरिचजस्ता वस्तु आयातमा खुलाइएको कोटा खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा ती वस्तुको आयात रोक्न माग गर्दै उजुरी गरेको मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताए । महँगीको बेला भइरहेको उच्च आयातका […]

उद्योग विभागको सिफारिसमा केराउ, सुपारी, छोकडा र मरिच आयात गर्न पाइने

फागुन २६, काठमाडौं। सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ चैतदेखि प्रतिबन्धित उक्त वस्तुहरुको आयात बिहीवार राजपत्रमा सूचना प्रकाशित गर्दै खुला गरेको बताएको छ । अब उद्योगीले औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा उक्त वस्तुहरूको आयात गर्न पाउने भएका छन् । ‘केराउ, सुपारी, छोकडा र मरिच औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्ने व्यवस्था गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ ।’ बिहीवार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ। यसअघि सरकारले २०७६ चैतबाट उक्त वस्तुहरूको आयातमा रोक लगाएको थियो ।

केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक

काठमाडौं : सरकारले केराउ,सुपारी,छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको हो। सूचनामा २०७८ असार मसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिएको जनाएको छ। वि.सं २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ। यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षदेखि लगाइएको

केराउ, सुपारी, छोकडा र मरिचको आयातमा रोक

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै यी वस्तुको आयातमा रोक लगाइएको बताएको हो । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म सिपमेन्ट भइसकेका माथि उल्लेखित वस्तु आयात गर्न मिल्ने छ । तर, असार मसान्तभित्र सिपमेन्ट नभएका, एलसी नखोलिएको अवस्थामा आयात गर्न दिइनेछैन ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोध तथा २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम आयातमा रोक लगाएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।