सरकारले कोटा तोकेर पोस्तादाना आयात खुलाउने तयारी गरेको छ । नेपालमा खासै प्रयोग नहुने र भारतमा पनि प्रतिवन्ध लागेको पोस्तादानाको कोटा तोकेर आयात खुलाउने गृहकार्य भएको हो ।पोस्तादाना आयात खुलाउनको लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बढुले आन्तरिक गृहकार्य थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार पोस्तादाना आयात खुलाउन लागिएको हो । अहिले नेपालमा पोस्तादाना आयात प्रतिवन्ध छ ।स्रोतका अनुसार सरकारले १० हजार मेट्रिक टन पोस्तादाना आयात खुल्ला गर्न लागेको छ । यसको