काठमाडौँ । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मङ्गलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ सिफारिस गरेको हो । यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा […]