को हुन् गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ?

देउवा सरकारले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेका पृथ्वीमान गुरुङको नाम धेरैले चिनेका छैनन् । गण्डकीमै जन्मेका भए पनि उनको नाम प्रदेशवासीका लागि नौलो हो । हाल उनी वागमती प्रदेशका बासिन्दा हुन् ।मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चितवन निवासी गुरुङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चितवनकै अर्का कम्युनिस्ट नेता अमिक शेरचन लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।माओवादीको कोटामा परेका अमिक शेरचन सबैका ला

सम्बन्धित सामग्री

प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन

गण्डकी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले  आयोगको आव २०७९-८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।  कार्यालय प्रमुख तिमल्सिनाले आव २०७९-८० मा छानबिनमा रहेका कूल एक हजार चार […]

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी, आजै सपथ लिने

नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन...

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी

नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न ला...

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति थियो । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा […]

राष्ट्रपति भण्डारी पोखरामा,सुरक्षा व्यवस्था कडा

पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए।...

राष्ट्रपति भण्डारी पोखरामा

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् ।  न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी पोखरा आएकी हुन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आएकी हुन् । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री पद्मा अर्याल, प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतले स्वागत गरेका  छन् ।पोखरा महानगरपालिका न्यायिक समितिको आयोज

माघी पर्वका अवसरमा गण्डकी प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।  प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेलले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति तथा समुदायहरूले मनाउने चाड माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।प्रदेश प्रमुख गुरुङले जारी गरेको शुभकामना

प्रदेश प्रमुख समक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयागले आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालय पोखरामा आयोजित एक कार्यक्रमका बीच उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेश प्रमुख रमेश सिवाकोटीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले संविधानले व्यवस्था गरेअनुसार आयोगहरूले इमान्दारिता […]

प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त हुनुभएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् ।समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति थियो । गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका&nda

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं। गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना तथा मन्त्रीहरु सहभागी थिए।