काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूले घटनालाई अत्यन्तै सामान्यरूपमा लिएको देखिएको छ । घटनाको गम्भीरता बुझेर अनुसन्धानमा सघाउनुको साटो खेलाँची गर्ने र सबै कुरा ठिकठाक भए जसरी शिर ठाडो पारेर गर्वका साथ हिँडेको देखिन थालेको हो ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको अनुहारमा दुःख र चिन्ताको साटो खुसी देखिएको छ । आज सरकारी वकिलको कार्यालयमा प्रहरीले भ्यानबाट झारेपछि टोपबहादुर रा...