राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष