राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देन संघीय संसद्मा उक्त पार्टीका एकमात्र सांसद् हुन्। पूर्वी नेपालको जनजाति समुदायका लिङ्देन नेपालको वैदिक परम्परा र सँस्कृतिको निरन्तरताका पक्षमा वकालत गरिरहन्छन्। नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने उनको पार्टीको मान्यता छ।