काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक परेको छ।उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।आमाको बिहीबार बिहान करिब चार बजे निधन भएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नाम दर्त