परराष्ट्र मामिलाका जानकार एवं अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर माओवादीका एकजना नेतालाई भेट्न गए । आखिर, माओवादीले एमसीसी सम्झौतामा कहाँनेर असहमति जनाएको हो ? कसो गर्दा चाहिँ यो सम्झौता अनुमोदन गर्न माओवादी तयार हुन्छ ? एमसीसीका कडा आलोचक माओवादी नेतासँग खत्रीले यस्ता प्रश्नहरु सोधे ।‘तपाईलाई भेट्न श्रीधरजी आउँदै हुनुहुन्छ है, एकचोटि भेट दिनुहोला’ प्रधानमन्त्री देउवाले यसो भनेपछि ती माओवादी नेतासँग खत्रीको भेटवार्ता भएको