केही वर्ष पहिलेसम्म नेपालमा खासै चर्चा नभएको एमसीसी परियोजना तीन चार वर्षदेखि चर्चामा छ । विशेष गरी २०७४ भाद्र २९ गते नेपालका तत्कालीन अर्थ मन्त्रीले अमेरिका नै गएर एमसीसी सम्झौतामा हस्ताक्षर गरेपछि यो विषय चर्चामा आएको हो । अमेरिकी सरकारको रणनीति र सामरिक योजनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने परियोजना हो एमसीसी । पहिलेको ‘एसिया प्रशान्त रणनीति’ को नाम फेरेर यसलाई ‘हिन्द प्रशान्त रणनीति’ नाम दिइएको छ । एमसीसी त्यही ‘हिन्द प्रशान्त रणनीति’को ए