युरोकप फुबटलमा आज समूह चरणका अन्तिम ४ खेल हुँदै

एजेन्सी।युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।समूह ‘ई’ र ‘एफ’ का २/२ खेल हुनेछन्। युरोकपमा ८ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।आज राति ९ः४५ बजे स्पेनले स्लोभाकियासँग र स्वीडेनले पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच राति १२ः४५ बजे खेल हुनेछ।आज प्रिक्वाटरफाइनलमा पुग्ने ४ टोलीको टुंगो लागेपछि बाँकी चार टोली समूहमा उत्कृष्ठ तेस्रो हुनेमध्येबाट छानिनेछन्।

सम्बन्धित सामग्री

रोनाल्डोलाई गोल्डेन बुट, युरोकपमा कस्ले के अवार्ड पाए (नामावलीसहित)

एजेन्सी, २८ असार । युरोकप फुटबलमा पुराना खेलाडीकै प्रभाव देखियो । नयाँ खेलाडीहरुले आफ्नो क्षमता देखाएपनि स्टार भने जन्मिएको पाइएन । यसपटक सबैभन्दा बढी गोल गरेका क्रिस्टियानो रोनाल्डो र प्याट्रिक सिकले ५–५ गोल गरे । तर, ४ खेल मात्र खेलेर ५ गोल गरेकाले रोनाल्डोले गोल्डन बुट पाए । सिकले सिल्भर बुट पाए । गोल्डन बल […]

पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी

२८ असार,  काठमाडौं । स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट […]

इंग्ल्यान्ड र युक्रेन भिड्दै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। इटालीको इस्टाडियो ओलम्पिको रंगशाला रोममा हुने खेल नेपाली समयअनुसार राती १२ः४५ बजेबाट सुरु हुँदैछ। यी दुई टोलीबीच हालसम्म सातपटक प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले ४ खेल जित्दा युक्रेनले १खेल जितेको छ। दुई टोलीबीचको २ खेल बराबरीमा सकिएको छ। अन्तिम १६मा इंग्ल्यान्डले जर्मनीलाई र युक्रेनले स्विडेनलाई पराजित गरेको थियो।

युरोकपमा दुई बलिया टोली बेल्जियम र इटाली भिड्दै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली भिड्दैछन। एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। दुई टोलीबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा इटालीले १४ खेल जित्दा ५ खेल बेल्जियमले जितेको छ भने ४ खेल बराबरीमा टुंगिएको छ। क्वाटरफाईनलमा पुग्न बेल्जियमले पोर्चुगललाई र इटालीले अस्ट्रियालाई पराजित गरेको थियो।

जर्मनीलाई इंग्ल्यान्डको चुनौती : विगत कसको बलियो?

एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज अन्तिम १६ को अन्तिम २ खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। वेम्बली रंगशाला इंग्ल्यान्डमा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ। यी दुई टोलीबीच हालसम्म ३२ पटक प्रतिस्पर्धा भएको छ। जसमा जर्मनीले १५ पटक जितेको छ भने इंग्ल्यान्डले १३ खेल जितेको छ। दुई टोलीबीचको ४ खेल बराबरीमा सकिएको छ।

बेल्जियमविरुद्ध फिनल्यान्ड : को बलियो?

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज राती १२ः४५ बजे बेल्जियम र फिनल्यान्ड भिड्दैछन्। यी दुई टोलीबीच हालसम्म ११ पटक प्रतिस्पर्धा भएको छ। जसमा फिनल्यान्डले चारपटक जित्दा बेल्जियमले तीन खेल मात्रै आफ्नो पक्षमा पारेको छ। दुई टोलीको ४ खेल बराबरीमा टुङगिएको छ। समूह ‘बी’बाट बेल्जियमले यसअघि नै नकआउटमा स्थान बनाइसकेको छ। भने नकआउटमा पुग्न फिनल्यान्ड आफ्नो खेलसँगै रसिया र डेनमार्कको खेलमा निर्भर रहनेछ।

नेदरल्यान्ड्स र नर्थ मेसेडोनिया : कसको पल्ला भारी ?

एजेन्सी। युरोकप फुटबल अन्तर्गत आज राति ९ः४५ बजे नेदरल्यान्ड्स र नर्थ मेसेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ। नर्थ मेसेडोनियाले हालसम्म नेदरल्यान्ड्सविरुद्ध जित निकाल्न सकेको छैन। दुई टोलीले हालसम्म ४ खेल खेलेका छन्। जसमा नेदरल्यान्ड्सले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो। समूह ‘सी’ बाट नेदरल्यान्डसले नकआउटमा स्थान बनाईसकेको छ भने नर्थ मेसेडोनिया उत्कृष्ट तेस्रो बन्दै नकआउटमा पुग्ने झिनो सम्भावना छ।

हेड टु हेडः टर्की र स्वीट्जरल्यान्डमा को बलियो ?

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज समूह ‘ए’ मा रहेको स्वीट्जरल्यान्ड र टर्कीबीच राति ९ः४५ बजे प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीच हालसम्म १५ पटक प्रतिस्पर्धा भएको छ। १५ खेलमध्ये टर्कीले ८ खेलमा स्वीट्जरल्यान्डविरुद्ध जित हात पारेको छ भने स्वीट्जरल्यान्डले ४ खेल आफ्नो पक्षमा पारेको छ। जारी प्रतियोगिताको समूह चरणका दुई खेल सकिँदासम्म स्वीट्जरल्यान्डले एक अंक जोड्दा टर्की अंकविहीन छ।

नेदरल्यान्ड्स र अष्ट्रिया भिड्दै

एजेन्सी।युरोकप फुटबल अन्र्तगत आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।नेरल्यान्ड्सको एम्सटरड्यामस्थित जोहन क्रुफ रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।युरोकपमा यसअघिको पहिलो खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ ले र अष्ट्रियाले नर्थ मेसोडोनियालाई ३–१ ले पराजित गरेको थियो। दुई टोली हालसम्म १८ पटक एकअर्काविरुद्ध भिड्दा नेदरल्यान्डसले ८ पटक र ६पटक अष्ट्रियाले जित्दा ४ खेल बराबरीमा सकिएको छ।