प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन बुधबार सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरियन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो । छलफलका क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरियन्टका रूपमा देखा परेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । उनले खतराको घण्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्नुपर्नेमा जोड दिए । ‘ह