एकपल्ट मोबाइल चार्ज गरेको शुल्क १०० रुपैयाँ !

महिना दिन बढीदेखि विद्युत् आपूर्ति हुन नसक्दा हुम्लाको सिमकोटमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीले १ मोबाइल चार्ज गरेबापत १०० रुपैयाँ लिने गरेका छन् । समयमै विद्युत् मर्मत हुन नसक्दा दशैंको समयमा फोन सम्पर्क तथा शुभकामना आदानप्रदानलगायत अति आवश्यक काम पर्ने भएका कारण १०० रुपैयाँ तिरेर पनि चार्ज गर्नुपर्ने बाध्यता बजारवासीको रहेको छ ।  महंगो रकम तिरेर जेनेरेटर चलाउनुपर्ने भएपछि स्थानीय व्यापारीले १०० लिएर मोबाइल चार्ज गरिदिने गरेका छन् । व्यवसायीले ३५० रुपैयाँ प्रतिलिटर इन्धन किनेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन्...

सम्बन्धित सामग्री

११०० रुपैयाँ तिरेर वर्षभरि मोटरसाइकल सर्भिसिङ गराउन पाइने

काठमाडौं । एकपटक १ हजार १०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि यामाहाको मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गराउन पाइने भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले १ हजार १०० रुपैयाँ शुल्क बुझाएर १ […]

बञ्चरेडाँडा जाने फोहोरका गाडीलाई ककनीमा १५ सय प्रवेश शुल्क

२६ असार, काठमाडौं । ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाका प्रमुख सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्‍ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ । ‘आगामी आर्थिक […]

न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले अब न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने व्यवस्था गरिने बताएका छन् ।  आगामी आर्थिक वर्षको आयव्यय विवरण संघीय संसदको संयुक्त बैठकमा पेस गर्दै अर्थमन्त्री डा. महतले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै प...

आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घट्ने , अब ५ रूपैयाँ लाग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ । सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ वटा […] The post आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घट्ने , अब ५ रूपैयाँ लाग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ । सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ […]

आईपिओ भर्दा अब अधिकतम ५ रुपैयाँमात्र आश्वा शुल्क लिन पाईने ब्यबस्था

नेपाल धितोपत्र बोर्डले आश्वा शुल्कमा परिमार्जन गर्ने निर्णय गरेको छ। बोर्डको आइतबार साँझ बसेको संचालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने गरि आवश्यक ब्यबस्था गर्ने निर्णय गरेको हो । यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् । हाल ३ वटा वाणिज्य बैंकले यो सेवा निशुल्क प्रदान गरिरहेका छन् । बोर्डको संचालक समितिले निर्णय गरेसँगै अब धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन गर्नु पर्ने हुन्छ । निर्देशिकामा आवश्यक संशोधन गरेर यो छिट्टै कार्यन्वयनमा लैजाने बोर्डले जनाएको छ ।आईपिओमा आवेदन दिनेको संख्या धेरै हुँदा आईपिओ पनि नपर्ने र चर्कोशुल्क पनि लाग्ने भन्दै लगानीकर्ताले शुल्क परिमार्जन गर्न माग गर्दै आएका थिए । सोहि अनुसार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यसबारे अध्ययन गर्न कमिटि बनाएका थिए । कमिटिले दिएको सुझावको आधारमा बोर्डले शुल्क घटाएको हो ।

माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने

काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टी सदस्यहरुबाट मासिक रुपमा शुल्क उठाउने भएको छ। आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले शुल्क उठाउने निर्णय गरेको हो।

एमालेमा उम्मेदवारी दर्ता गराउन कुन पदमा कति शुल्क तिर्नुपर्छ ? (सूचीसहित)

एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तयार गरेको छ। जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ । यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको

ए डिभिजन लिगका लागि टिकट शुल्क ५०० र १००

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगका लागि भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले फुटबलमा 'विकेन्ड कल्चर' विकाश हुनेगरी खेलतालिका बनाइएको बताए। 'खेलमा दर्शकको उपस्थितिलाई बढाउन फर्ड लाइटमा पनि खेलहरु…

सि आस्बाबाट आईपीओमा आवेदन गर्दा बैंकले कति लिन्छन् शुल्क ?

असार १९, काठमाडौं । सि आस्बा सेवा दिएवापत केही बैंक तथा वित्तीय संस्थाले निश्चित शुल्क लिने गर्दछन् ।  सि आस्बाबाट आईपीओमा आवेदन दिएवापत बैंक तथा वित्तीय  संस्थाले फरक - फरक शुल्क लिएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् । तर कतिपयले भने सो सेवा नि : शुल्क रुपमा दिंदै आएका छन् । २७ ओटा वाणिज्य बैंकमध्ये १० ओटा बैंकले सि आस्बाबाट आईपीओ भर्दा नि : शुल्क गर्दै आएका छन् भने बाँकीले शुल्क लिने गरेका छन् ।  उक्त सेवावापत सबैभन्दा बढी अर्थात् स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ शुल्क लिने गरेको छ । उक्त कम्पनीबाट आईपीओमा आवेदन दिएपिच्छेनै रू. १०० शुल्क लिएको गुनासो सामाजिक सञ्जालमा व्यापक रुपमा आउने गरेको छ । यद्यपि यो शुल्क प्रचलित नियमभित्र नै रहेको देखिन्छ । बाँकी अन्य बैंकले पनि रू. १० देखि २५ सम्म यस्तो शुल्क लिएको पाइन्छ । लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकले सि आस्वा शुल्क दिएवापत २५ रुपैयाँ शुल्क ग्राहकको खाताबाट काट्ने गरेका छन् ।  पछिल्लो समय विभिन्न कम्पनीले जारी गर्ने आईपीओप्रति सर्वसाधारणको आकर्षण उच्च रहेको छ । कतिपय बैंकहरुले भने आफ्ना ग्राकहहरुलाई सुविधा पुर्‍याउन र  बैंकप्रति आकर्षित गर्नका लागि निः शुल्क आस्बा सेवा दिंदै आएका छन् ।  सिडिएससीका अनुसार शुक्रवारसम्म डिम्याट खाताको संख्या ३६ लाख ३१ हजार ५९८ पुगेको छ । यसमध्ये करीब २१ लाख लगानीकर्ताले आईपीओ भर्दै आएका छन् ।  केहि दिन अगाडिमात्र जीवन विकास लघुवित्तको आईपीओमा करीब २१ लाख जना सर्वसाधारणले आवेदन दिएका थिए । आईपीओमा उच्च संख्यामा आवेदन पर्न थालेसँगै नि :शुल्क सेवा दिंदै आएका केही बैंकहरुले पनि ग्राहकबाट शुल्क लिन शुरु गरेका छन् ।  नेपाल धितोपत्र बोर्डले ल्याएको आस्वा निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरीद सम्वन्धी सुविधा उपलब्ध गराए वापत बढीमा १०० रुपैयाँ लिन पाउने प्रावधान रहेको छ । बैंक तथा वित्तीय संस्थाले दरखास्त संकलन शुरु गर्नुभन्दा कम्तीमा तीन दिन अघि लिने शुल्कको बारेमा दैनिक पत्रिका वा कार्यालयको सूचना पाटीमा, वेबसाइटमा सर्वसाधारणहरुलाई जानकारी गराउनपर्ने प्रावधान रहेको छ । तर बैंकहरुले लिने शुल्क भने  सार्वजनिक गर्ने गरेका भने छैनन्  । उनीहरुको वेबसाइटमा कहीं कतै उल्लेख गरेको पनि देखिदैंन । यद्यपी कम्पनीहरुले यो शुल्क आईपीओ परेपनि नपरेपनि आवेदन दिएपिच्छेनै ग्राहकको खाताबाट काट्ने गर्दछन् ।  आईपीओमा आवेदन दिएपिच्छेनै रकम काटिने व्यवस्थालाई परिवर्तन गरेर आईपीओ परेको खण्डमा शुल्क लिन र नपरेको खण्डमा  शुल्क नलिने व्यवस्था ल्याउन लगानीकर्ताले माग गर्दै आएका छन् । आईपीओ शुल्क लिने र नलिने वाणिज्य बैंकहरु :