निर्वाचन आयोगले काठमाडौं उपत्यकाको २१ वटा स्थानीय तहमा विद्युतीय प्रणालीबाट मतदान गराउन अध्ययन थालेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने निश्चित भएपछि आयोगले काठमाडौंका ११, ललितपुरका ६ र भक्तपुरका ४ स्थानीय तहमा विद्युतीय मेसिनबाट मतदान गराउने तयारी थालेको हो ।