चितवन, १२ मंसिर : एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन गर्नुपर्ने हुन्छ । यसका लागि निर्वाचन समितिले विद्युतीय मतदान मेसिन तयारी हालतमा राखेपनि संसोधित विधानका कारण तत्काल विद्युतीय मतदान असम्भव हुने देखिएको हो […]