नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द

माघ २,  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गतेका लागि बोलाएको विशेष साधारण सभा रद्द गरेको छ ।  कम्पनीको पुस ११ गतेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा विहान ११ बजे सभा बोलाएको थियो । हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नका लागि बोलाइएको उक्त सभा मर्जर प्रस्ताव अस्वीकृत भएसँगै रद्द भएको हो । कम्पनीको पुस ३० गतेको वार्षिक साधारण सभाले हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेकाले विशेष साधारण सभा नगर्ने निर्णय कम्पनीले गरेको हो । यी दुई कम्पनीले एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता गरेका थिए ।  वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र कर्मचारी सञ्चय कोषले लिखित रुपमै विपक्षमा भोट हालेकाले मर्जर प्रस्ताव अस्वीकृत भएको हो ।