२ ओटा वाणिज्य बैंकसहित ६ ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस १९, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई ओटा वाणिज्य बैंकसहित ६ ओटा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रोग्रेसिभ फाइनान्स, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । यी ६ ओटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिमालयन बैंकको २१ दशमलव ३८ प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य रू. ३९८ दशमलव ७५ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४८४ को आधारमा शेयरमूल्य समायोजन भएको हो । बैंकले गत वर्षको नाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र ४ दशमलव ६२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यद्दपि,  नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि गत वैशाख १ गतेदेखि नै यस बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।  नेप्सेले सेन्चुरी कमर्सियल बैंकको ५ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. २२६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. २३९ मा अन्तिम कारोबार भएको थियो । सेन्चुरी कमर्सियल बैंक ले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछिको मूल्य रू. ३३१ दशमलव ६८ निर्धारण भएको छ । आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. ३५४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो । प्रोग्रेसिभ फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्ने भएको छ । त्यस्तै, नेप्सेले मिथिला लघुवित्तको २५ प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य रू. १ हजार ५६७ दशमलव २० निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ९५९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मिथिला लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ, धुनषामा बिहान ११ बजे साधारण सभा गर्ने भएको छ । यसैगरी, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य रू. १ हजार २९५ दशमलव ८३ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५५५ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मिर्मिरे लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११:३० बजे साधारण सभा गर्ने जानकारी दिएको छ । नेप्सेले, कालिका पावरको १५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. ४५० दशमलव ४३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. ५१८ मा अन्तिम कारोबार भएको थियो । कालिका पावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर-१० चितवनमा साधारण सभा बोलाएको हो ।

सम्बन्धित सामग्री

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गरेको कम्पनीको सेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८१.४० रुपैयाँ कायम भएको छ ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम सेयर मूल्यबाट १४७.५२ प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरेको हो । गत साताको शुक्रबार कम्पनीको अन्तिम सेयर मूल्य ५०० रुपैयाँ थियो । यही मूल्यबाट नेप्सेले आज समायोजना गर्दै प्रतिकित्ता २८१ रुपैयाँ कायम गरेको हो ।

नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत र गुहेश्वरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४४१ रुपैयाँ ९७ पैसा र गुहेश्वरी मर्चेन्टको ४५४ रुपैयाँ...

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आइतबार बुटवल पावर कम्पनीको १० प्रतिशत र समृद्धि फाइनान्सको ५० प्रतिशत सेयर मूल्य समायोजन गरेको हो । दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।  बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेय

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस दिन प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस समायोजन गरी मूल्य समायोजन गरेको हो । नेप्सेले यस दिन प्रभु बैंकको १२ प्रतिशत, सनराइज बैंकको छ दशमलव ६५ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत […]

तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगा

यी दुई कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, १४ जेठ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार  सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको बिहीबार भएको अन्तिम शेयरमुल्य १३ सय ५० रुपैयाँको आधारमा नेप्सेले १२ प्रतिशत शेयरमुल्य समायोजन गरेको हो । कम्पनीको बोनस शेयरपछिको मुल्य १२ सय […]

आज यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो । नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार […]