दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकाको अत्याधुनिक लडाकू विमान एफ–३५ को भग्नावशेष खोज्न अमेरिका र चीन लागिपरेका छन् ।
चीनले भग्नावशेष खोजेर आफ्नो उन्नत प्रविधि नचोरोस् भनी अमेरिका सचेत छ ।
चीन चाहिँ भग्नावशेषका साथै विमानको ब्ल्याक बक्स समेत खोज्न चाहिरहेको छ । त्यसमार्फत चीनले अमेरिकाको तैनाथीका साथै अन्य महत्त्वपूर्ण जानकारी हासिल गर्न खोजेको छ ।
एफ–३५ लडाकू विमान शत्रुको रेडारमा नपर्ने हुनाले यसलाई स्टेल्थ विमान पनि भनिन्छ । यस प्रविधिलाई सबै देशले अपनाउन खोजेका छन् ।
...