अमेरिका उडिन् केकी अधिकारी

अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् ।केकीलाई एयरपोर्ट पु-याउन भने रोहित पुगेका थिए ।  झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीलाई लिन र विवाहमा सहभागी हुन र

सम्बन्धित सामग्री

करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डरमा नायिका केकी अधिकारी

काठमाडौं । नायिका केकी अधिकारी करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । बिहीबार काठमाडौंको हायत प्यालेसमा भएको एक कार्यक्रममा उनी ब्राण्ड एम्बेस्डर घोषणा भएकी हुन् । यशोधा फुड्सको प्रबन्ध निर्देशक चुनप्रसाद पौडेल, निर्देशक नरेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत जीवराज जैन लगायतको उपस्थितिमा फुड्सले नायिक अधिकारीलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । नायिका अधिकारी सन २०१७ […]

चलचित्र ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी चलचित्र ‘जय हो’ मा अनुबन्धित भएकी छन् । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेका हुन् । चलचित्रको प्रस्तुतकर्ता बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका थिए । चलचिका प्रमुख कलाकारमा अर्पण थापा, सलोन बस्नेत र माओत्से […]

‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् । फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा […]

प्रसाद २ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ । स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ । ‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको […] The post प्रसाद २ मा केकी अधिकारी अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘प्रसाद २’मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको अपोजिटमा प्रस्तुत हुनेछिन् । केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले […]

केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत सार्वजनिक

काठमाडौं । केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत ‘चार इन्चको स्यान्डल’ सार्वजनिक भएको छ । दिपक लिम्बु र प्रिती आलेको आवाजमा रहेको गीतमा राजबहादुर सानेको शब्द रहेको छ भने पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । साईराम पिक्चर्स प्रा. लि. यूटुव च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो । गीतमा केकीसँगै रविन्द्र झाको अभिनय […]

केकी अधिकारी अभिनित ‘सिल्ली फो’को गीत ‘चार इन्चको स्यान्डल’ रिलिज

काठमाडौं । आगामी शुक्रबार प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सिल्ली फो’को नयाँ गीत ‘चार इञ्चको सेन्डल’ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र रविन्द्र झा चित्रित छन् । पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा दीपक लिम्बू र प्रीति आलेको स्वर समावेश छ । कमेडी जनराको ‘सिल्ली फो’लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् […]

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं : अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिदै छिन्। उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्। पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गर्न  लागेको उनले बताएकी छिन्। उनले बुधबार मेहन्दी उत्सव गरेकी थिइन्।रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। केकी र रोहित एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरूले सार्वजनिक गरेका थिएनन्।

केकी अधिकारी आज विवाह गर्दै

काठमाडौं, ८ वैशाख । नेपाल चलचित्रकी नायिका केकी अधिकारी आज विवाह गर्दैछिन् । उनले आज सिमित परिवारका सदस्यहरुबीच विवाह गर्न लागेकी हुन् । केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ । केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरुबाट यसको खुलासा भएको […]

नायिका केकी अधिकारी प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित

काठमाडौं, १ वैशाख । नायिका केकी अधिकारी प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित भएकी छिन् । संविधान दिवसको दिन घोषणा गरिएको उक्त विभूषण नयाँ वर्षको अवसर पारेर आज प्रदान गरिएको हो । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा नायिका केकी अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री मानपदवी प्रदान गरेकी हुन् । तस्बिरः प्रदीपराज वन्त÷रासस