रोड्रिगेजले कोपा अमेरिका गुमाउने

कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले कोपा अमेरिका फुटबल गुमाउने भएका छन् । चोटको कारण रोड्रिगेजले कोपा अमेरिका गुमाउने भएका हुन् । रोड्रिगेजको फिटनेस नपुगेको भन्दै कोलम्बियाले उनलाई कोपा अमेरिका खेल्ने टिममा राखिएको छैन । एभर्टनका विंगर समेत रहेका रोड्रिगेजले विश्वकप छनोट अन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाउने छन् ।

सम्बन्धित सामग्री

ब्राजिल कोपा अमेरिका च्याम्पियन

एजेन्सी – आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो । कोलम्वियास्थित स्टेडियो […]

कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बने मेस्सी

कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि दिलाए। माराकाना रंगशालामा आइतबार बिहान घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको थियो। कोलम्बियाका लुइस डियाजलाई उछिन्दै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट समेत गरेका थिए। डियाजले पनि ४ गोल गरेका थिए।

कोपा अमेरिका कपमा अर्जेन्टिनाद्वारा कीर्तिमान बराबर

काठमाडौं।अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका कपको उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरेको छ।आइतबार बिहान ब्राजिललाई हराउँदै अर्जेन्टिनाले १५औं पटक कोपा अमेरिका कपको उपाधि जितेको हो।अर्जेन्टिनाले ५ पटक लगातार दुई र एक पटक लगातार तीन पटक उपाधि जितेको छ।उरुग्वेले पनि १५ पटक कोपा अमेरिका कपको उपाधि जित्दा,ब्राजिलले ९, पाराग्वे,पेरु र चिलीले २–२, र कोलम्बिया र बोलिभियाले १–१ पटक उपाधि जितेका छन्।

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कपको उपाधि

काठमाडौं। कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार बिहान भएको फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ। अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा एन्जेल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो। अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो। यो सँगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधिको खडेरी तोडेको छ।

मेसीको अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो,  पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अ

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो । पाक्वेलाले खेलको ३५ औं मिनेट गोल गरे । कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो । कोपा अमेरिक...

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा

एजेन्सी । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको खेलमा कोलम्बियाले उरुवेलाई टाई ब्रकेरमा पाखा लगायो । निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटमा गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रकेरमा कोलम्बिया ४–२ ले विजयी भयो । कोलम्बियाले अब सेमिफईनलमा अर्जेन्टिना वा इक्वेडरमध्ये […]

स्वारेज र काभानीको अन्तिम कोपा अमेरिका

एजेन्सी। उरुग्वेका फरवार्डद्वय लुइस स्वारेज र इडिसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्नयास लिने संकेत दिएका छन्। फरवार्डद्वय स्वारेज र काभानीले खेलाडीका रुपमा यो ब्राजिलमा जारी कोपा अमेरिका अन्तिम हुने बताए। स्वरेज भन्छन्,“उमेरका कारण यो मेरा लागि अन्तिम कोपा अमेरिका हो। नयाँ पुस्ता ठूलो उत्साह तथा सफलता हासिल गर्ने भोकका साथ आएका छन्। मैले उनीहरूका लागि ठाँउ खाली गरिदिनुपर्छ।”

कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष प्रसारण

काठमाडौँ / नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस्ले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गर्ने भएको छ । युरो कप २०२०सँगै

कोपा अमेरिका अर्जेन्टिनामा नहुने

अर्जेन्टिनामा कोभिड संक्रमणको दर बढ्दै गएपछी कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ। साउथ अमेरिकन फुटबल फेडेरेसन (कन्मेबल)ले विज्ञप्ति निकाल्दै बढ्दो कोभिड संक्रमणका कारण अर्जेन्टिनाबाट प्रतियोगिता सार्ने जनाएको हो। ‘कन्मेबलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्जेन्टिनाबाट कोपा अमेरिका स्थगित गर्छ,’ फेडेरेसनको ट्वीटमा भनिएको छ, ‘फेडेरेसनले प्रतियोगिता गराउन इच्छुक अन्य देशहरुको विश्लेषण गरिरहेको…