प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले तत्काल प्रधानमन्त्री अमेरिका नजाने ब्रिफिङ गरेको एक नेताले बताए । ‘एस