११ पुस, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेको ‘धार्चे रेन्वे ट्राउट एण्ड अर्ग्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङ बिहान–बेलुकीको समय यही फार्ममा बिताउँछन् । त्यसैबाट हुने आम्दानीले आफ्नो र परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनको भनाइ छ । […]