अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन