पाल्पाको तानसेनमा फोहर व्यवस्थापन चुनौती बनेको छ । फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल्ड साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन । तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल्ड साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन । फोहर व्यवस्थापनमा स्थानीय तहले रु तीन करोड भन्दा बढी लागतमा ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो । फोहरमैला बस्ती नजिकै फालिने गर्दा मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै स्थानीयवासीले विरोध