काठमाडौं : उपत्यकामा फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन्।फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ। यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन्। त्यसमा झण्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ।कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ। स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन्।यसले स्थानीयको आयआर्जन र उद्यमशीलतामा असर गरेको छ। ल्याण्डफिल्ड साइट रहेको सिसडोल, ओ