साउन १७, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कमपनी सामसङ इलेक्ट्रोनिक्सको खुद मुनाफामा करीब साढे ७३ प्रतिशतले बढेको छ ।
कोरोना भाइरसको महामारीबीच माग बढेसँगै मेमोरी चिपको मूल्य बढेपछि यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद मुनाफा बढेको हो ।
महामारीबीच घरबाटै काम गर्ने क्रम बढ्दा उपकरण र चिप दुबैको माग बढेको छ । चिप निर्यातले अनुमान नाघेको र मूल्य वृद्धि पनि अपेक्षाकृत उच्च रहेको कम्पनीले बताएका छन् । अप्रिल–जुन त्रैमासमा सामसङको खूद मुनाफा ९६ खर्ब वन (८ अर्ब ४० करोड डलर) रहेको नियामक फाइलिङमा कम्पनीले भनेको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ४ प्रतिशत धेरै हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि ५४ दशमलव ३ प्रतिशतले बढेर १२६ खर्ब वनमा पुगेको छ । एजेन्सी