पाँचथर– नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला) का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ । राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै […]