‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो

बनेपा । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले आज यहाँ ह्विलचियर ¥याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको […]