पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ ।
भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ यूनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको ...