हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै
सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ ।
गुरुका आश्रममा गएर वा गुरुले भनेका स्थानमा पुगेर शिक्षा आर्जन गर्ने परम्परा थियो । यसलाई गुरुकुल परम्परा भनिन्थ्यो । यसरी शिक्षा आर्जन गर्दा वर्षभरि आवश्यक पर्ने खाद्यान्न लिएर जाने चलन थियो । गुरुले चण्डी, रुद्री, व्याकरण, छन्द, ज्योतिष, वेद, कर्मकाण्ड, साधारण गणित आदि अध्यापन गर्थे । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १९१० सालमा थापाथली दरबारमा अङ्ग्रेजी स्कुल स्थापना गरेपछि बल्ल आधुनिक शिक्षाको जग बसालेको मानिन्छ । प्रधानमन्त्री देवशमशेरका
काठमाडौं।अब नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट जोगाउने जिम्मा सदनको काँधमा पुगेको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलपछि संसद्मा पुगेको हो ।
कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले विधेयकमाथि दफावार छलफल गरेर तयार पारिएको प्रतिवेदन बिहीवार प्रतिनिधिसभाको बैठकमा पेश गरिन् । सरकारले यो विधेयक गत माघ २७ गने संसद्मा दर्ता गराएको थियो । त्यसको ३ महीनापछि बल्ल समितिमा पुगेको थियो । समितिले पनि आफूकहाँ प्राप्त भएको ३ महीनापछि ११ सदस्यीय उपसमिति गठन गरेर दफावार छलफल अगाडि बढाएको थियो । उपसमितिले १२ मन्त्रालयका अधिकारी र विषयविज्ञ तथा संशोधनकर्ता सांसदसँग १२ ओटा बैठकमा छलफल गरी प्रतिवेदन तयार पारेको थियो ।
सरकारले कालो धन सहकारीमा बचत गर्ने क्रम बढेको निष्कर्षमा विधेयकमा सहकारीमा जम्मा गर्न पाइने निक्षेपको सीमा २५ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा एमालेका सांसदहरूको अनिच्छामा समितिले उक्त प्रस्ताव हटाएर प्रतिवेदन तयार पारेको छ ।
क्यासिनो सञ्चालनमा भने कडाइ गर्ने गरी प्रतिवेदन बनाइएको छ । क्यासिनो सञ्चालनका लागि अन्तरराष्ट्रिय सीमाबाट ५ किलोमीटरको दूरी तोक्ने र क्यासिनो सञ्चालनको इजाजतपत्र प्राप्त व्यक्तिले ग्राहकबाट करबापत कट्टा गरेको रकम कट्टा भएकै दिन राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्थासहित प्रतिवेदन तयार पारिएको हो ।
प्रतिवेदन हुबहु पारित भए कुनै पनि कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न पाउने छैनन् । एकभन्दा बढी क्यासिनो सञ्चालन गर्नेलाई कुनै एक रोज्न २०८१ चैतसम्मको समय दिन प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।
सरकारले विधेयकमार्फत १९ ओटा कानून संशोधनका लागि विधेयक ल्याएकामा समितिले आठओटा ऐनमा संशोधन सम्बन्धमा विधेयकका केही प्रावधान परिमार्जन गर्ने गरी प्रतिवेदन तयार पारेको छ ।
समिति सभापति सुवेदीले विधेयक पारित भएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी व्यवस्था अन्तरराष्ट्रिय मापदण्डअनुरूप हुने बताइन् । त्यसैगरी आर्थिक तथा वित्तीय अपराध नियन्त्रण गर्ने प्रणाली बलियो हुने र देशबाट हुने पूँजी पलायन रोक्न सहयोग पुग्ने पनि उनले बनाइन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक लामो समयदेखि अड्किँदा नेपाल ग्रे लिस्टमा पर्ने जोखिम बढ्दै गएको थियो । आतंकवादी क्रियाकलापमा हुन सक्ने वित्तीय लगानी रोक्न तथा अवैधानिक तवरले आर्जन गरेको सम्पत्तिको शुद्धीकरण निवारण गर्नेलगायत कामको अनुगमन गर्ने अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले छिटो यससँग सम्बद्ध कानून बनाउन सरकारलाई दबाब दिँदै आएको छ । यस्तो निर्देशन पालना नगर्ने राष्ट्रलाई ग्रे लिस्ट(खैरो सूची)मा राख्ने र त्यस्तो राष्ट्रलाई अन्तररराष्ट्रिय कारोबारमा रोक लगाउनेसम्मको काम एफएटीएफले गर्दै आए पनि नेपालले कानून निर्माणमा निकै ढिला गरिसकेको छ ।
नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनमा कमजोर रहेको प्रतिवेदनहरूले देखाउँदै आएका छन् । एशिया प्रशान्त समूह (एपीजी) ले सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यो प्रतिवेदनका आधारमा नेपाल खैरो सूचीमा पर्न सक्ने देखिएको छ । त्यसो भयो भने नेपालका लागि ठूलै समस्या हुन सक्छ । तर, सरकारले यसलाई गम्भीरताका साथ लिएको थिएन ।
यो विधेयक संसदीय समितिबाट पास भएसँगै अब सदनको दुवै सदनले पास गर्नुपर्ने हुन्छ । त्यसलगत्तै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बल्ल कार्यान्वयन हुन्छ ।
हालसम्म नेपालले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले तोकेका मापदण्डमध्ये नेपालले आधाभन्दा कम (करीब ४५) प्रतिशत मात्र पूरा गरेको छ । गत भदौमा सार्वजनिक भएको एफएटीएफअन्तर्गतको एपीजीको पारस्परिक मूल्यांकनसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको थियो । अत्यावश्यक कानून निर्माण नहुनु र अनुसन्धान तथा कारबाहीमा शून्यप्राय: उपलब्धि हुँदा नेपाल ग्रे लिस्टमा पर्ने जोखिम उच्च रहेको प्रतिवेदनले औंल्याएको थियो र नेपाललाई त्यससम्बन्धी कानून निर्माण गर्न दबाब पर्दै आएको थियो ।
नेपालमा हाल पर्वतारोहणका लागि खुल्ला रहेका ४१४ हिमालबाहेक ससाना अरू १७३ ओटा हिमाल खुला गर्ने भन्ने सम्बन्धमा गएको साउन महीनामै समाचार आएको थियो । नेपाल सरकारले थप १७३ ओटा ससाना (ट्रेकिङ पिक) हिमाल विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका लागि खुला गर्ने भनिएको थियो । त्यसअनुसार नेपालमा स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ५८७ ओटा ठूलासाना हिमाल आरोहणका लागि खुल्ला हुनेछ । सो घोषणा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरेका हुन् । उनकै पालामा मन्त्रालयले पर्यटन पुनरुत्थान गर्न विभिन्न कार्ययोजना सार्वजनिक गरेको थियो । उक्त कार्ययोजनामा ७३ ओटा कार्यक्रमलाई समेटिएको थियो । त्यसमध्ये नयाँ १७३ थप हिमाल खुला गर्ने योजना पनि परेको थियो । उक्त कार्ययोजना ६ महीनाभित्र लागू गर्ने भनिए पनि ५ हजार मीटरभन्दा अग्ला लगभग १७ सय हिमालमध्ये १७३ ओटा थप नयाँ हिमाल पर्वतारोहीहरूका लागि आरोहण गर्न खुल्ला गरिने भन्ने थियो । तर, हालसम्म सो कुरो लागू भए, नभएको अत्तोपत्तो छैन ।
नेपाल हिमालका लागि खानी नै हो । त्यसैले त नेपालबारे जानेका, बुझेका प्रायः सबै विदेशीले हाम्रो देशलाई हिमाली मुलुक भन्छन् । त्यस्तै अहिलेसम्म विश्वमा मान्यता प्राप्त १४ ओटा हिमाल ८ हजार मीटरभन्दा अग्ला रहेका छन् । ती १४ ओटा अग्ला हिमालमध्ये आठओटा नेपालमा नै रहेका छन् भने ढिलोचाँडो ८ हजार मीटरभन्दा माथिका हिमाल बढेर २० ओटा हुँदै छ । त्यसरी थपिने ६ ओटै नयाँ हिमाल संयोगले नेपालमै रहेका छन् ।
नेपालीहरूका लागि हिमाल शान भएको छ । यो वर्ष सगरमाथा आरोहणको सिजनमा मौसम बिग्रिएकाले गर्दा अझैं पनि मौसम खुल्ने आशामा सगरमाथा आरोहीहरू क्याम्प–३, क्याम्प–४ मा प्रतीक्षारत छन् । मौसम सफा भएकाले आइतवारबाट आरोहण शुरू हुने देखिन्छ । आशा गरौं, उनीहरूलाई मौसमले साथ दिओस् र सफलतापूर्वक सगरमाथा आरोहण गरून् ।
सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । उक्त वर्ष नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्ड (तत्कालीन बेलायती साम्राज्य मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथमपटक सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर), खरिखोला, फाक्दिङ, नाम्चे, तेङबोचे हुँदै नेपाल तर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् ।
आशा गरौं, नेपाल सरकारले खोल्ने भनेको नयाँ १७३ ओटा थप हिमाल चाँडै खुलून्, जसले नेपाली पर्यटन र पर्वतारोहण क्षेत्रमा थप टेवा दिनेछ । विशेष गरेर आजको जस्तो व्यस्त मानव जीवनमा लामो समयसम्म नेपालमा बिताउन नसक्ने, धेरै पैसा खर्च गर्न नसक्ने खालका पर्वतारोही तथा पर्यटक बढाउन यसले सहयोग गर्नेछ । साथसाथै नेपाल घुम्न आउने विदेशी पर्यटक तथा पर्वतारोहीहरूको संख्या पनि अरू बढ्नेछ ।
कोरोनापछि अहिले नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार आएको छ । हिमाल आरोहण गर्न आउनेको संख्या ११ सय नाघेको छ भने सोही अनुसार हिमाल आरोहण गर्न लाग्ने शुल्कबापत राजस्व पनि बढेको छ । नेपालको अर्थतन्त्रको विस्तारका लागि पर्यटन निकै महत्वपूर्ण क्षेत्र हो । तर, यो क्षेत्रको महत्व नीतिनिर्माताले नबुझेको वा बुझेर पनि बेवास्ता गरेको देखिन्छ । त्यही भएर अहिले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयको सीमा झन्डै आधा घटाइएको छ । हुन त पर्यटन प्रवद्र्धन गर्ने काम नेपाल पर्यटन बोर्डले गर्ने भएकाले यो बजेट कटौतीले यसमा केही असर नपर्ला । त्यस्तै निर्माणाधीन पूर्वाधारको बजेट पनि कटौती त नहोला । तैपनि मन्त्रालयको बजेट कटौती हुँदा पर्यटन क्षेत्रलाई पक्कै पनि असर पर्न सक्छ ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक पर्यटन क्षेत्रको विस्तार जरुरी छ । यसले नेपालको व्यापारघाटालाई सम्बोधन गर्न मद्दत गर्छ । जति धेरै पर्यटक आगमन हुन्छ त्यति नै धेरै विदेशी मुद्राको आर्जन हुन्छ । अहिले भारतबाट सबैभन्दा बढी पर्यटक आइरहेका छन् । चीनले नेपालमा आउनलाई बाटो खोलिदिएको छ ।
लेखक पर्यटनकर्मी हुन् ।
चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो ।
कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ ।
आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।
चियाको ब्यावसायिक खेती भन्ने वित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवी (केराबारी–२) मा २०५५ देखि स्थानीय नारायण राईले सुरु गर्नु भएको चिया खेती हाल आएर पूर्ण ब्यावसायिक भइसकेको छ ।
विकासको कुनै पूर्वाधार नभएको बेला २२ वर्ष अघि राईले ५० रोपनीमा सुरु गर्नु भएको चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ । गाउँमा ब्यावसायिक कामको कुनै सम्भावना नभएको बेला चिया खेतीमा लाखौं रुपियाँ खर्चिनु भएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउनु हुन्छ । बैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उहाँले चिया खेतीमा लगाउनु भएको छ । लेटाङ बजारमा उहाँको सुबिधा सम्पन्न घर छ । त्यँही बसेर ब्यवसाय गर्न सकिने प्रसस्त सम्भावना थियो । तर, नारायणले गहतसम्म नफल्ने डाँडालाई चियाले हरियो बनाउनु भएको छ । नारायणलाई रात दिन नभनी सहयोग गर्नु हुने उहाँकी पत्नी विना खजुम भन्नुहुन्छ–‘सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसि उडाए । उराठ लाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्टि हुन नसकेको बताउँदै विनाले भन्नुभयो–द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्नै कठिन थियो ।