काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।
विवरणअनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड ६३ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा यस आवमा कम्पनीको नाफा ६२ प्रतिशत कम भएको छ ।
सो अवधिमा कम्पनीले रू. १२ करोड ४७ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको आम्दानी रू. २० करोड ४३ लाख रहेकोमा चालू आवमा घटेर रू. ८ करोड २५ लाखमा झरेको छ ।
चुक्तापूँजी रू. ७ अर्ब रहेको कम्पनीले जगेडा कोषमा रू. १७ करोड ७७ लाख सञ्चिति गरेको छ । त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. १३ करोड ६९ लाख रहेको छ । गत आवमा बीमा कोषमा रू. ४८ हजार १९ लाख थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. २ अर्ब ४८ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवमा रू. ३ करोड ५५ लाख थियो ।
त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १४ करोड १७ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. ४२ करोड ४१ लाख छ ।