चियाको ब्यावसायिक खेती भन्ने वित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवी (केराबारी–२) मा २०५५ देखि स्थानीय नारायण राईले सुरु गर्नु भएको चिया खेती हाल आएर पूर्ण ब्यावसायिक भइसकेको छ ।
विकासको कुनै पूर्वाधार नभएको बेला २२ वर्ष अघि राईले ५० रोपनीमा सुरु गर्नु भएको चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ । गाउँमा ब्यावसायिक कामको कुनै सम्भावना नभएको बेला चिया खेतीमा लाखौं रुपियाँ खर्चिनु भएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउनु हुन्छ । बैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उहाँले चिया खेतीमा लगाउनु भएको छ । लेटाङ बजारमा उहाँको सुबिधा सम्पन्न घर छ । त्यँही बसेर ब्यवसाय गर्न सकिने प्रसस्त सम्भावना थियो । तर, नारायणले गहतसम्म नफल्ने डाँडालाई चियाले हरियो बनाउनु भएको छ । नारायणलाई रात दिन नभनी सहयोग गर्नु हुने उहाँकी पत्नी विना खजुम भन्नुहुन्छ–‘सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसि उडाए । उराठ लाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्टि हुन नसकेको बताउँदै विनाले भन्नुभयो–द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्नै कठिन थियो ।